(१) सूचित आदेश लागू भएको मितिदेखि प्रारम्भ हुने गरी सूचित आदेश संशोधित भै कानूनको रुपमा परिणत भै आएमा सूचित आदेशमा तोकिएको भन्दा कानूनमा पर्न आएको दर घटी हुन गएमा बढी असुल हुन गएको जति फिर्ता गरिनेछ । केही गरी सूचित आदेशमा तोकिएको भन्दा कानूनमा पर्न आएको दर बढी हुन गएमा सो कानून लागू हुने मितिदेखि मात्र सो नयाँ दर बमोजिम असुल उपर गरिनेछ ।
तर यो दफा बमोजिम फिर्ता गर्नुपर्ने कुनै भन्सार महसुल या अन्तशुल्क या अरु कुनै करको दर दफा ३ बमोजिम लगाईएको कर र साविक कर दरको तफावतभन्दा बढी हुन हुँदैन ।
(२) दफा ४ को उपदफा (२) को (ख) ………………..बमोजिम सूचित आदेश ऐनसरह लागू नहुने भएको खण्डमा असुल गरिएको सबै कर, महसुल, अन्तशुल्क फिर्ता गरिनेछ, जुन कर, महसुल, अन्तशुल्क सूचित आदेश नभएको भए असुल गरिने थिएन ।
स्पष्टीकरणः–
(क) सूचित आदेश निकाल्नु अगाडि १२ रुपैंयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैंयाँको दरले उठाएकोमा पछि कानूनबाट १५ रुपैंयाँ मात्र लिने लेखिएकोमा ५ रुपैंयाँ फिर्ता दिनु पर्छ ।
(ख) सूचित आदेश निकाल्नु अगाडि १२ रुपैंयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैंयाँको दरले उठाएकोमा पछि कानूनबाट १० रुपैंयाँ मात्र लिने लेखिएकोमा ८ रुपैंयाँ फिर्ता दिनु पर्छ ।